Aamsanchar

भाइसँग नाजायज सम्बन्ध राखेको भन्दै होमबहादुरले गरे श्रीमतीको हत्या

Author Image
बिहिवार, कार्तिक २०, २०७७

सांकेतिक तस्वीर

सोलुखुम्बु । भाई संग अवैध सम्वन्ध राखेको भन्दै श्रीमानले श्रीमतीको खुकुरी प्रहार गरी हत्या गरेका छन् ।

सोलुखुम्बुको सोताङ गाउँपालिका वडानम्बर–३ का २९ वर्षीय होमबहादुर राईले भाइसँग अवैध सम्बन्ध रहेको चाल पाएपछि खुकुरी प्रहारबाट २८ वर्षीय श्रीमती सोमा लामाको हत्या गरेका हुन् । सोमा केही महिना यता देखि माइत बस्दै आएकी थिइन । दुवैबिच डिभोर्सको प्रक्रिया चलिरहेको अवस्था थियो ।

माइत बस्दा २७ वर्षीय नन्दराज राईसँग अवैध सम्बन्ध रहेको भनी विवाद गर्ने क्रममा होमबहादुरले राती नन्दराजकै घरमा पुगेर खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ ।

बुधवार साँझ ६ बजे उनले सोमाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका इन्स्पेक्टर महेन्द्र दर्नालले बताए । दर्नालको भनाई अनुसार घटनाको विषयमा प्रहरीमा जानकारी हुनसाथ हत्या आरोपमा होम बहादुर राईलाई पक्राउ गरिएको थियो ।

हत्या गर्ने राई र नन्द राज राई नाताले दाजु भाइ हुन् । घटनाको थप अनुसन्धान भइरहेको दर्नालले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 13

प्रतिक्रिया (०)

सम्बन्धित खबर