Aamsanchar

तथ्याङ्क संकलन मात्र गर्ने हो की रोजगार पनि दिने हो ? दुई सातामै २ लाख बेरोजगार दर्ता

Author Image
शुक्रवार, कार्तिक २१, २०७७

काठमाडौं । दसैंअघिको दुई सातामा रोजगारको माग गर्दै २ लाख नेपालीले बेरोजगार सूचीमा नाम दर्ता गराएका छन् ।

कोरोना संकटका कारण रोजगारीका क्षेत्र खुम्चँदै गएपछि बेरोजगार हुनेको दर एक्कासी बढेको छ ।

हालसम्म नेपालभित्र बेरोजगारको सूचीमा नाम दर्ता गराउनेको संख्या लगभग ६ लाख पुगेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले असोजमा सार्वजनिक गरेको प्रतिवेदनमा उलल्लेख छ ।

मन्त्रालयमा बेरोजगार रहेको जनाउँदै दसैँअघि दुई हप्तामा मात्र १ लाख ९२ हजार युवाले नाम दर्ता गराएका छन् ।

मन्त्रालयले असोज १५ देखि २९ गतेसम्म सार्वजनिक गरेको तथ्याकंमा बेरोजगार एक्कासि बढेको देखिन्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 205

प्रतिक्रिया (०)

सम्बन्धित खबर