Aamsanchar

धरानस्थित बीपी प्रतिष्ठानमा थप दुई संक्रमितको मृत्यु

Author Image
शुक्रवार, कार्तिक २१, २०७७

सुनसरी — धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत थप दुई संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा उदयपुरको कटारीका १४ वर्षीय बालक र धरान उपमहानगरपालिका–१२ की ७८ वर्षीया महिला छन् । महिलाको बिहीबार राति ९ बजे र बालकको शुक्रबार बिहान ९ बजेर ५० मिनेटमा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । क्षयरोग र ‘प्लुरल एफ्युजन’को समस्या रहेका बालकलाई कात्तिक १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनलाई विराटनगरस्थित नोबल अस्पतालले थप उपचारका लागि प्रतिष्ठानको कोभिड अस्पतालमा रिफर गरेपछि कात्तिक १६ गते भर्ना भएका थिए ।

यसै गरी धरानकी महिलालाई कात्तिक २० गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनलाई सोही दिन कोभिड अस्पतालमा भर्ना गरिएको प्रतिष्ठानका सहप्रवक्ता डा। आशिष श्रेष्ठले जानकारी दिए । उनका अनुसार ती महिलामा मानसिक रोग पनि थियो ।

यससँगै प्रतिष्ठानमा मृत्यु हुने संक्रमितको संख्या ८९ पुगेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 145

प्रतिक्रिया (०)

सम्बन्धित खबर