Aamsanchar

थप २ हजार ७ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि,२ हजार २०६ जना कोरोना संक्रमणबाट निको

Author Image
शनिवार, कार्तिक २२, २०७७

पछिल्लो २४ घण्टामा शनिबार थप २ हजार ७ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै हालसम्म नेपालमा संक्रमितको संख्या १ लाख ९१ हजार ६ सय ३६ पुगेको छ । त्यसैगरी २४ घण्टामा २ हजार २०६ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको १ लाख ५५ हजार ११४ संख्या पुगेको छ । देशभरि सक्रिय संक्रमितको संख्या हालसम्म ३५ हजार ४३५ छ ।

मन्त्रालयका अनुुसार २४ घण्टामा १० हजार ४ सय २३ पीसीआर परीक्षण भएको छ । हालसम्म पीसीआर विधिबाट १५ लाख २७ हजार ७ सय ६६ परीक्षणहरु गरिएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या १ हजार १ सय ४४ रहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 151

प्रतिक्रिया (०)

सम्बन्धित खबर