Aamsanchar

शान्ति मिसन अन्तर्गत दक्षिण सुडानमा खटिएको नेपाली सेनाको टोली परिवर्तन

Author Image
आइतवार, कार्तिक २३, २०७७

काठमाडौं । संयुक्त राष्ट्रसंघको शान्ति मिसन अन्तर्गत दक्षिण सुडानमा खटिएको नेपाली सेनाको टोली परिवर्तन गरिएको छ । हाल दक्षिण सुडानमा खटिएको तारादल गण छैटौं डफ्फाको टोलीलाई बदली गर्नका लागि गोरख बहादुर गण सातौं डफ्फाको टोली आइतबार त्यसतर्फ प्रस्थान गरेको छ । २१३ जनाको सो टोलीको नेतृत्व प्रमुख सेनानी सुशील प्याकुरेलले गरेका छन् ।

यो टोली पुगेपछि दक्षिण सुडानबाट सेनानी दीपक अर्यालको कमाण्डमा रहेको २११ जनाको टोली यही कात्तिक २४ गते बिहान नेपाल आइपुग्ने छ । कोभिड–१९ महामारीका बाबजुद शान्ति स्थापना कार्यलाई निरन्तरता दिने नीति अनुरुप गरिएको यो अदली बदलीमा सम्पूर्ण सुरक्षा सतर्कता तथा प्रोटोकलहरूको पालना गरिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 168

प्रतिक्रिया (०)

सम्बन्धित खबर