Aamsanchar

बंगलादेशले पैंचोमा मल दिन आनाकानी गरेपछि जीटूजीमार्फत खरिद गर्ने मन्त्रिपरिषद्को निर्णय

Author Image
सोमवार, कार्तिक २४, २०७७

काठमाडौं । सरकारले बंगलादेशबाट जीटूजीमार्फत रासायनिक मल खरिद गर्ने निर्णय गरेको छ ।मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले यो निर्णय गरेको हो । यसअघि बंगलादेशबाट मल पैंचो ल्याउने भनिएको थियो । प्रधानमन्त्रीस्तरमा कुराकानी पनि भएको थियो । तर बंगलादेशले पैंचोमा मल दिन आनाकानी गरेपछि जीटूजीमार्फत खरिदको निर्णय भएको हो ।

बैठकले पुस्तक आयातमा लगाएको कर हटाएको छ भने मन्त्रीहरुको चैतसम्म पाउने पाउने सुविधाको ५० प्रतिशत कोरोना उपचार तथा रोकथाम कोषमा जम्मा गर्ने निर्णय समेत भएको एक मन्त्रीले जानकारी दिएका छन् ।

गत आर्थिक वर्षको बजेटमा सरकारले विदेशबाट आयात हुने पुस्तकमा अतिरिक्त १० प्रतिशत शुल्क लगाउने घोषणा गरेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 163

प्रतिक्रिया (०)

सम्बन्धित खबर