Aamsanchar

हल्दिबारीमा पहिलोपटक कोरोना संक्रमितको मृत्यु, झापामा ज्यान जानेको संख्या ६९ पुग्यो

Author Image
मङ्गलवार, कार्तिक २५, २०७७

कात्तिक २५ । झापामा कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । नेपाल रेडक्रस सोसाइटी झापाका पूर्व सभापति एवं पूर्व केन्द्रीय सदस्य रेवतिरमण नेपालको कोरोना संक्रमणबाट मृत्यु भएको हो । हल्दिबारी ४ निवासी ७० वर्षिय नेपालको उपचारका क्रममा गएराति ११:४५ बिराटनगर नोबेल अस्पतालमा मृत्यु भएको हो ।

उनलाई कात्तिक १२ गते मेची प्रादेशिक अस्पताल भद्रपुरमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनलाई उपचारका लागि विराटनगर लगिएको हल्दिबारी गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख पुष्कर निरौलाले बताए । कोरोना संक्रमणबाट हल्दिबारीमा पहिलो पटक मुत्यु भएको हो । योसँगै झापामा कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या ६९ पुगेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 207

प्रतिक्रिया (०)

सम्बन्धित खबर