Aamsanchar

कोरोना संक्रमित राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको उपचार खर्च सरकारले व्यहोर्ने

Author Image
बिहिवार, कार्तिक २७, २०७७

काठमाडौं । कोरोना संक्रमण भएका राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको उपचार खर्च सरकारले व्यहोर्ने भएको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले केसीको उचार खर्च सरकारले व्यहोर्ने निर्णय गरेको अर्थमन्त्री विष्णु पोडेलले जानकारी दिएका छन् ।

केसीलाई बुधबार कोरोना संक्रमण पुष्टि भएको थियो । ८० वर्षीय केसीको ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ । निमोनिया देखिएका पूर्वउपप्रधानमन्त्रीसमेत रहेका केसीको लामो समय उपचार गर्नुपर्ने देखिएको जनमोर्चाका कार्यकारी अध्यक्ष रश्मीराज नेपालीले जानकारी दिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 44

प्रतिक्रिया (०)

सम्बन्धित खबर