Aamsanchar

प्रधानमन्त्री निवास बालुवाटारमै अत्याधुनिक हेलिप्याड

Author Image
बिहिवार, कार्तिक २७, २०७७

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमै अत्याधुनिक हेलिप्याड निर्माण भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार संखुवासभा जाने क्रममा नवनिर्मित हेलिप्याडबाट उडान गरिएको थियो ।

नागरिक उड्डयन प्राधिकरणको मापदण्डअनुसार नै हेलिप्याड निर्माण भएको र यसले बालुवाटारबाट विमानस्थल आउजाउ गर्ने क्रममा हुने ट्राफिक जाम हट्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् । यो हेलिप्याड नेपाल नागरिक उड्डयन प्राधिकरणसँगको प्राविधिक सहयोगमा नेपाल आर्मीले तयार पारेको हो । प्राधिकरणका उपमहानिर्देशक राजकुमार क्षेत्रीका अनुसार हेलिप्याडका लागि आवश्यक प्राविधिक सहयोग प्राधिकरणले गरेको हो । तर, निर्माणको सम्पूर्ण जिम्मा भने नेपाली सेनाले लिएको थियो । यो हेलिप्याडमा अहिले नेपालमा संचालनमा रहेको सबैभन्दा ठूलो हेलिकोप्टर ‘एमआइ १७’ सम्म क्षमताका बस्न सक्छन् ।

Views: 196

प्रतिक्रिया (०)

सम्बन्धित खबर