झापा । झापामा आज ४४ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य कार्यालय झापाका अनुसार जिल्लाका नौ वटा पालिकामा २० महिला र २४ जना पुरुष सहित ४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने दुईजनाको मृत्यु भएको छ ।
संक्रमित हुनेहरु दमक नगरपालिकामा ११ महिला सहित १७ जना, बिर्तामोड नगरपालिकामा दुईजना महिला, गौरादह नगरपालिकामा दुई महिला सहित ११ जना, मेचीनगर नगरपालिकामा एकजना महिला, भद्रपुर नगरपालिकामा एक महिला सहित तीन जना, हल्दिबारी गाउँपालिकामा एक जना सङ्क्रमित रहेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाइँले बताए । यसैगरी आज अर्जुनधारा नगरपालिकामा एक जना महिला, कचनकवल गाउँपालिकामा एक जना पुरुष, कमल गाउँपालिकामा दुई महिला सहित चार जनालाई संक्रमण देखिएको चौलागाइँले बताए ।
सबैजना स्थानीय हुन् । मृत्यु हुनेमा दमक–५ की ४५ बर्षिया र गौरादह–२ की ४९ बर्षिया महिला रहेको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।
झापामा हाल ३१ हजार ६ सय ४२ जनाको स्वाब परिक्षण गरिसकिएको छ । त्यस मध्ये २ हजार ८ सय ५३ जना संक्रमित भेटिएका थिए । झापामा हाल ७२ जनाको मृत्यु भई सकेो जिल्ला जनस्वास्थ्य जानकारी दिएको छ । हाल सम्म कोरोना मुक्त भएर घर फर्किनेको संख्या १ हजार ७ सय ४८ जना छन् भने सक्रिय संक्रमित १ हजार ३३ जना रहेका छन् ।