Aamsanchar

कोरोना रोकथामको लागि चारवटै सीमामा लगाइँदै आएको प्रतिबन्ध मङ्सिर ३० गतेसम्म लम्ब्याइयो

Author Image
बिहिवार, कार्तिक २७, २०७७

काठमाण्डाै – कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण तथा रोकथामका लागि चारवटै सीमामा लगाइँदै आएको प्रतिबन्ध मङ्सिर ३० गतेसम्म लम्ब्याइएको छ । मन्त्रिपरिषद्को बैठकले कोरोनाको जोखिम कायमै रहेको भन्दै मङ्सिर ३० गतेसम्मका लागि सीमामा लगाइँदै आएको प्रतिबन्धलाई लम्ब्याइएको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिनुभयो ।

यसअघि गएको चैत ११ गतेदेखि कात्तिक ३० गतेसम्म सरकारले सीमामा प्रतिबन्ध लगाएको थियो । यस्तै सरकारले आयातित पुस्तकमा लगाइएको भन्सार कर हटाउने निर्णय गरेको छ ।

गएको २४ गते बसेको मन्त्रिपरिषद् बैठकले पुस्तकमा लाग्ने कर हटाउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गुरुङले जानकारी दिनुभयो । किताबमा भन्सार लगाइएको भन्दै स्वदेशी प्रकाशकहरू यसको विरोधसँगै आलोचना गर्दै आएका थिए ।  

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 149

प्रतिक्रिया (०)

सम्बन्धित खबर