Aamsanchar

करिव चार मन जंगली बँदेलको मासुसहित तीन जना पक्राउ

Author Image
शनिवार, कार्तिक २९, २०७७

प्रतिकात्मक तस्वीर

सुर्खेत ।  संरक्षित वन्यजन्तु बँदेलजस्तो देखिने काँचो मासु अवैधरूपमा ओसारपसार गरिरहेको अवस्थामा तीन जनालाई पक्राउ गरेको छ ।

वीरेन्द्रनगर नगरपालिका–४ सुर्खेत मूलपानी चोकबाट आज प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

शनिबार जिल्ला प्रहरी कार्यलय सुर्खेतबाट खटिएको प्रहरी टोलीले   कर्णाली प्रदेश (२००१ ख) २६२ नम्बरको सेतो रङ्गको फोर्स गाडीमा जाँच गर्दा पाँच बोरा (१५२.५७ किलो) मासु बरामद गरेको टोलीको नेतृत्वकर्ता  प्रहरी निरीक्षक गोपाल  रायमाझीले बताए

उनका अनुसार गाडीको छतमा लुकाइराखिएको अवस्थामा मासु बरामद गरिएको थियो । गाडी चालक बराहताल गाउँपालिका–८ सुर्खेतका २७ वर्षीय अर्जुन गौतम, संरक्षित वन्यजन्तुको मासु प्राप्त गर्ने वीरेन्द्रनगर नगरपालिका–४ जुम्लाका ४५ वर्षीय प्रेम बुढामगर र चौकुने गाउँपालिका–८ सुर्खेत का ३५ वर्षीय दीपेन्द्रराज गिरीलाई पक्राउ गरी अनुसनधान थालिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 308

प्रतिक्रिया (०)

सम्बन्धित खबर