Aamsanchar

राँगाले हान्दा एक पुरुषको मृत्यु

Author Image
आइतवार, कार्तिक ३०, २०७७

डोटी । डोटी जिल्लाको आदर्श गाउँपालिका–१ मा राँगाले हान्दा एक जनाको मृत्यु भएको छ ।

आदर्श गाउँपालिका–१ का अन्दाजी ४० वर्षीय चक्र साउदको आफैले पालेको राँगाले हान्दा मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार शनिबार राँगोले हान्दा गम्भीर घाइते भएका साउदको उपचारका क्रममा गए राति शैलेश्वरी अस्पताल दिपायल पिपल्लामा मृत्यु भएको हो।

मृतक साउदको शव परीक्षणका लागि अहिले जिल्ला अस्पताल डोटीमा लगिएको प्रहरीले जनाएको छ।

राँगाले हान्दा उनको टाउको र छातीमा गम्भीर चोट लागेको थियो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 255

प्रतिक्रिया (०)

सम्बन्धित खबर