Aamsanchar

बिनादर्ता सञ्चालित औषधि पसलमा सिल

Author Image
बिहिवार, असोज १३, २०७३

सुरुङ्गा (झापा)।

SAMSUNG CAMERA PICTURES

SAMSUNG CAMERA PICTURES

औषधि व्यवस्था विभाग विराटनगर र जिल्ला प्रशासन कार्यालय झापाले बिनादर्ता सञ्चालन गरिएका औषधि पलसमा आज सिल गरेको छ ।  विभागका प्रमुख डा शम्भु साह र जिल्ला प्रशासन कार्यालय झापाका कानुन अधिकृत प्रमोद भट्टराईको टोलीले बिर्तामोडमा सञ्चालित नवदुर्गा फार्मेसीमा आज सिल गरेको हो ।

अनुगमनका क्रममा पसल सञ्चालनका लागि आवश्यक पर्ने कागजात देखाउन नसकेको र नेपालमा प्रतिबन्धित औषधिको खुलेआम बिक्री वितरण भइरहेको पाइएपछि औषधि जफत गर्दै पसलमा सिल गरिएको हो ।

त्यस्तै, महानन्द चौकमा बन्दना खनालले सञ्चालन गर्दै आएको प्रगति औषधि पसल बन्द गरिएको छ । उक्त औषधि पसल बिनादर्ता सञ्चालन भएको पाइएपछि अनुगमन टोलीले बन्द गरिदिएको अनुगमन टोलीका सदस्य भट्टराईले जानकारी दिनुभयो ।

त्यस्तै, शनिश्चरेमा रहेको भट्टराई मेडिकल हल पनि अनुगमन टोलीले बन्द गरिदिएको छ । डिल्ली दाहालले सञ्चालन गरेको उक्त पसल दर्ता गर्न बाँकी रहेको र ठाउँ सारी नगरी सञ्चालन गरेको पाइएपछि बन्द गरिएको बताइएको छ ।

त्यस्तै पर्शुराम गिरीले इँटाभट्टामा सञ्चालन गरेको रश्मिका औषधि पसलमा मनोदीपक औषधि बेच्ने गरेको पाइएको र सोही ठाउँमा अनरेश सरदारले सञ्चालन गरेको गौतम मेडिकल हल विना दर्ता सञ्चालन भएका पाइएकाले बन्द गरिएको छ ।

गौतम मेडिकल हलमा अनुगमन टोली पुगेपछि पसल सञ्चालक बिरामीलाई सलाइन लगाउँदा लगाउँदै भागेका थिए । सो पसल सत्य नारायण साहको नाममा दर्ता रहेको बताइएको छ ।

यता ग्रेस खड्काले वुट्टावारीमा सञ्चालन गर्दैआएको ग्रेस भेराइटिजमा औषधि र कस्मेटिकका सामान एकै ठाउँमा राखिएकाले त्यस्तो नगर्न सुझाव दिँदै आगामी दिनमा त्यस्तो पाइए कारबाही गरिने चेतावनी दिइएको थियो । बिञ्जु फार्मेसी बिर्तामोडलाई पनि सचेत गराइएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 123

प्रतिक्रिया (०)

सम्बन्धित खबर