Aamsanchar

 ताप्लेजुङमा २२ अर्ब लगानीमा १२८ मेगावाट क्षमताको तमोर–मेवा जलविद्युत् आयोजना निर्माण हुने

Author Image
शुक्रवार, मंसिर ५, २०७७

ताप्लेजुङ​: ताप्लेजुङमा २२ अर्ब रुपैयाँ लगानीमा १२८ मेगावाट क्षमता रहने तमोर–मेवा जलविद्युत् आयोजना निर्माण हुने भएको छ। यसका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले स्पार्क हाइड्रो इलेक्ट्रिक कम्पनीलाई स्वीकृति समेत दिएको छ। मेवा खोलाको पानीसमेत तमोर नदीमा मिसाएर बनाइने सो आयोजनाको काम वि.सं. २०७८ असोज महिनादेखि थालिने आयोजनाका प्रबन्धक भानेन्द्रकुमार लिम्बुले जानकारी दिए।

काम शुरू भएको पाँच वर्षभित्र विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको उनले बताए।  स्वीकृति पाएसँगै अबको ध्यान निर्माणतर्फ केन्द्रीत हुने र स्थानीय लगानीकर्तासँग सहकार्य गरेर विद्युत् उत्पादन गर्ने उनले जानकारी दिए। आयोजनामा जलप्रवाह गर्न ९ किलोमिटर लामो सुरुङ नहर पनि खनिनेछ। ​

फुङलिङ नगरपालिका वडा नं १, २, ३ र ९, मिक्वाखोला गाउँपालिका वडा नं १, २ र ३, मेरिङ्देन वडा नं ३ तथा आठराई त्रिवेणी गाउँपालिका वडा नं २, ३ र ५ आयोजना प्रभावित हुने क्षेत्रमा पर्छन्।

स्पार्कले यसअघि नै प्रभावित क्षेत्रमा सार्वजनिक सुनुवाइ तथा वातावरणीय प्रभाव मूल्याङ्कनलगायत सबै कार्य सम्पन्न गरिसकेको जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 205

प्रतिक्रिया (०)

सम्बन्धित खबर