Aamsanchar

लकडाउनका बेला पनि सुनसरी–मोरङ करिडोर क्षेत्रमा अर्बौंको लागानीमा थपिए नँया उद्योगहरू

Author Image
शुक्रवार, मंसिर ५, २०७७

विराटनगर : सुनसरी–मोरङ करिडोर क्षेत्रमा अर्बौंको लागानीमा नँया उद्योगहरू थपिएका छन्। बन्दाबन्दीको अवस्थामाका बीचमा करिडोर क्षेत्रमा नँया उद्योगहहरु स्थापना भएका हुन्। नँया लगानी सञ्चानलमा आएका उद्योगहरु प्रायःजसो सबै कोरोना लक्षित स्वास्थ्य सामग्री उत्पादनदेखि खाद्यान्‍न उत्पादन गर्ने रहेका छन्।

उद्योग संगठन मोरङका अनुसार कोरोना महामारी सुरु भएपछि सुनसरी मोरङ औद्योगिक कोरिडोरमा एक दर्जन स्यानिटाइजर र मास्क उद्योग खुलेका छन्। मोरङ व्यापार संघका पूर्वअध्यक्ष महेश जाजु र अध्यक्ष प्रकाश मुन्दडाको संयुक्त लगानीमा स्यानिटाइजर उद्योग खुलेको छ। साबुन र सरफ मात्रै उत्पादन गर्दै आएको हिमगिरि हाइजिन प्रालिले आउरा ब्रान्डको स्यानिटाइजर उत्पादन गर्ने नयाँ उद्योग स्थापना गरेर उत्पादन बजारमा ल्याइरहेको छ।

यसैगरी, उद्योगी महेश सोनीले आफ्नो साबुन तथा सरफ उद्योगमा स्यानिटाइजर उत्पादन गर्ने युनिट औषधि व्यवस्था विभागमा दर्ता गराएर उत्पादन थालेका उद्योगी महेश सोनीले बताए। ‘स्यानिटाइजरको माग बजारमा अत्याधिक छ’उद्योगी सोनीले भने,‘बन्दाबन्दीको बीचमा नै हामीले स्यानिटाइजर उद्योगमा लगानी गरेका छौ।’ समग्रमा अहिले यसको व्यापार राम्रो छ।’ पछिल्लो समय मुलुकभरि बन्दाबन्दी हटाइएपछि ती उद्योग सञ्चालनमा आएका हुन्। विराटनगरका युवा व्यवसायीहरूको समूहले अमेरिकी कम्पनी आरसी कोलाका ६ प्रकारका पेय पदार्थलाई नेपाली बजारमा ल्याएका छन्। उनीहरूले यस वर्षको शुरूमा नै ती उत्पादन बजारमा ल्याउने तयारी गरेका थिए। तर, चैतबाटै बन्दाबन्दी भएपछि उत्पादन रोकिएको थियो।

करिब ८० करोडको लागतमा मकवानपुरको मनहरी गाउँपालिका ६ सुनाचुरीमा भेन्चुरा बोटलर्स उद्योग स्थापना भएको ७ महीनापछि यसले ६ प्रकारका पेय पदार्थको व्यावसायिक उत्पादन सुरु गरेको छ। विराटनगरका उद्धवप्रसाद आचार्य नेतृत्वको दुर्गालक्ष्मी समूहले फ्रेन्चाइज लिएर आरसी कोला ब्रान्डका पेय पदार्थ नेपाली बजारमा ल्याएको हो। आचार्य भन्छन्, ‘परीक्षण उत्पादन गरेको झन्डै ६ महीनापछि बजारमा उत्पादन लिएर आएका छौं, सबैतिरबाट राम्रो प्रतिक्रिया पाएका छौं।’

समूहका सञ्चालक आचार्यका अनुसार भेन्चुरामो ८० करोडको लगानी छ। भेन्चुराले कोला, ओरेन्ज, लेमन, माउन्टेरियन, इनर्जी र जिराको स्वादमा पेय पदार्थ र माउन्ट भिटा ब्रान्डमा पानीको उत्पादन र बजारीकरण सुरु गरिसकेको छ। २० जना स्थायी कर्मचारी रहे पनि १ सय ५० ले रोजगारी पाएको उद्योगको भनाइ छ।

नेपालमा चप्पलको उत्पादन गर्ने विराटनगरको म्याजिक समूहले काठ र प्लाइउडको विकल्पमा प्रयोग गर्ने गरी ‘प्लास्टिक बेस’वस्तुको उत्पादन र मार्केटिङ शुरू गर्दागर्दै बन्दाबन्दीमा ठप्प भएको उद्योग पनि सञ्चालनमा आएको छ।

बजारमा खपत घट्यो

इटहरी उपमहानगरपालिकाको खनारमा रहेको वन्डर म्याटेरियलले ‘अल्टवुड’ ब्रान्डमा पीभीसी र डब्ल्युपिसीको उत्पादन गरिरहेको उद्योग बन्दाबन्दीका कारण उत्पादन नै ठप्प भएको थियो। बन्दाबन्दी हटेपछि उद्योग सञ्चालनमा आएको प्रबन्धक महेश वाहेतीले बताए। उद्योग पुनः सञ्चालनमा आए पनि उत्पादनको बजारमा खपत भने घटेको वाहेतीले बताए। उद्योग करिब २५ करोडको लागतमा स्थापना गरिएको हो।

इटहरी उपमहानगरपालिकाको खनारमा पुराना काम नलाग्ने कागज प्रशोधन गरेर नयाँ कागज बनाउने उद्योगसमेत यस अवधिमा सञ्चालनमा आएको छ। दैनिक सवा सय मेट्रिक टन पुरानो कागज प्रशोधन गरेर सो उद्योगले १ सय टन नयाँ कागज उत्पादन गर्दै आएको छ।

अरिहन्त कोरुगेशनले झुत्रा कागज प्रशोधन गर्न थालेको हो। उद्योगका सञ्चालक पारस लुनियाका अनुसार गतवर्षदेखि नै लगानी गरिएको उद्योग बन्दाबन्दीकै बीचमा सञ्चालनमा ल्याइएको हो।

उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले बन्दाबन्दीको अबस्थामा करिडोर क्षेत्रमा नँया उद्योग स्थापना हुनुले औद्योगिक वातावरण निर्माणमा सहयोग पुग्ने बताए। उनले विशेष गरी कोरोनाको महामारीको बीचमा युवाहरुको समुह उद्योगमा लगानी गर्न प्रोत्साहित भएको बताए।अध्यक्ष घिमिरेले औद्योगिक क्षेत्रमा बन्दाबन्दी हटेपछि क्रमशः उद्योगहरु सञ्चालनमा आउन थालेको र धेरै नयाँ उद्योग र केही पुरानै उद्योगको पनि क्षमता विस्तार भई उत्पादन सुरू भएको बताए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 229

प्रतिक्रिया (०)

सम्बन्धित खबर