Aamsanchar

कोरोना संक्रमणबाट विराटगरमा दुईजना भारतीय नागरिकको मृत्यु

Author Image
शुक्रवार, मंसिर ५, २०७७

 

विराटनगर : कोरोना संक्रमणबाट विराटगरमा दुईजना भारतीय नागरिकको मृत्यु भएको छ। विराट मेडिकल कलेज र नोबेल मेडिकल कलेजमा एक–एकजनाको मृत्यु भएको हो। शुक्रबार विराटमा भारतको साहेवगञ्ज घर भएका ७० वर्षीय वृद्धको मृत्यु भएको हो। बुधबार श्वासप्रश्वासमा समस्या भएपछि उनलाई उपचारका लागि अस्पताल लगिएको थियो। पिसिआर परीक्षण गराउँदा रिपोर्ट पोजिटिभ आएपछि उनलाई उपचारका लागि कोभिड अस्पतालमा भर्ना गरिएको थियो। उनलाई बिहीबार कोरोना पुष्टि भएको हो।

मृतकमा स्वास्थ्यसम्बन्धी कुनै पुरानो समस्या थियो कि थिएन भन्ने यकिन भइनसकेको अस्पतालका आइसोलेशन प्रमुख सुनिल देवले बताए। कोरोनाका कारण नेपाल–भारत सीमामा आवतजावत गर्न रोक लगाउँदै नाका सिल गरिएको अवस्थामा उनी कसरी नेपाल छिरे भन्ने खुल्न सकेको छैन।

यसअघि नोबेल मेडिकल कलेजमा भारतीय नागरिकको मृत्यु भएको थियो। अरुण तेस्रो जलविद्युत आयोजनामा कार्यरत ४५ वर्षीय भारतीय नागरिकको २९ कात्तिकमा मृत्यु भएको थियो। उनलाई २५ कात्तिकमा कोरोना पोजेटिभ देखिएको थियो। उपचारका क्रममा मृत्यु भए पनि उनको शव आफन्तले भारत लैजान पाएनन्।

भारतीय प्रशासनले अनुमति नदिएपछि मृतकको अन्त्येष्टि विराटनगरमै भएको प्रहरीले जानकारी दिएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 66

प्रतिक्रिया (०)

सम्बन्धित खबर