Aamsanchar

नेपाल–चीन सीमा सुरक्षामा तैनाथ हुम्ला र डोल्पाका सात प्रहरी चौकी विस्थापित

Author Image
शनिवार, मंसिर ६, २०७७

रुकुम पश्चिम र हुम्ला — चिसो बढेपछि कर्णालीको माथिल्लो डोल्पा र हुम्लाका सात प्रहरी चौकी सदरमुकाममा विस्थापित भएका छन् । अत्यधिक हिमपात हुने भएकाले झन्डै ६ महिना उच्च हिमाली क्षेत्रका चौकी खाली हुने गरेका छन् ।  डोल्पाको डोल्पोबुद्धका २ र शेफोक्सुन्डो गाउँपालिकाका तीन प्रहरी चौकीमा कार्यरत प्रहरी सदरमुकाम दुनै आएका छन् । डोल्पोबुद्ध गाउँपालिका–१ स्थित धो, ५ नम्बर वडाको तिन्जे, शेफोक्सुन्डो गाउँपालिका–३ स्थित निजालगुम्बा, ५ नम्बरको भिजेर र ४ नम्बर वडाको राप प्रहरी चौकी खाली भएका हुन् । चिसोमा बस्न नसकिने भएपछि त्यहाँ कार्यरत प्रहरी दुनै आएको जिल्ला प्रहरी प्रमुख डीएसपी राजु पाण्डेले बताए । ‘हरेक वर्षजस्तै यसपालि पनि प्रहरीहरू न्यानो ठाउँमा सरिसकेका छन्,’ उनले भने, ‘उनीहरू अब वैशाखरजेठमा मात्र चौकीमा फर्कन्छन् ।’ प्रहरी चौकी उठेपछि बैंकहरू पनि दुनैमा सरेको उनले जानकारी दिए ।

हिमपातको सिजन सुरु भएपछि नेपाल–चीन सीमा सुरक्षामा तैनाथ हुम्लाको नाम्खा गाउँपालिकाका दुई प्रहरी चौकी पनि हुम्ला सदरमुकाम सिमकोट विस्थापित भएका छन् । अत्यधिक चिसो बढेपछि हिल्सा र सुनखानी चौकीमा कार्यरत प्रहरीलाई सिमकोट बोलाइएको हो । चिसोका कारण बर्सेनि जेठ महिनामा सदरमुकामबाट गएको प्रहरी टोली कात्तिक दोस्रो सातासम्म हिल्सा र सुनखानी बस्छ । हिमपात हुन थालेपछि प्रहरीलाई सदरमुकाम फिर्ता बोलाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सीताराम विष्टले बताए । सुखानी चौकीमा प्रहरी नायब निरीक्षक ९सई० को नेतृत्वमा २३ जना प्रहरी दरबन्दी कायम गरिएको छ । तर यस वर्ष ७ जना मात्रै प्रहरी सीमा प्रहरी चौकी पुगेका थिए । हिल्सामा कार्यरत १४ प्रहरी पनि सदरमुकाम आएको उनले जानकारी दिए ।

हिमपात भएपछि चीन–नेपाल नाका झन्डै ६ महिना बन्द हुन्छ । जाडोमा लिमीका सबै गाउँ सुनसान हुने स्थानीय पेम्बा तामाङले बताए । उनका अनुसार लिमीका अधिकांश बासिन्दा जाडो छल्न सिमकोट, नेपालगन्ज र काठमाडां जाने गरेका छन् । गाउँ नै सुनसान हुने भएकाले प्रहरी चौकी पनि विस्थापित हुने उनले जानकारी दिए । चीनसँग सीमा जोडिएको हिल्सामा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बीओपी) समेत छ । जहाँ सशस्त्र प्रहरी निरीक्षक सुरज केसीको नेतृत्वमा २२ प्रहरी छन् । बीओपी भने सदरमुकाममा विस्थापित नहुने सशस्त्र प्रहरी निरीक्षक केसीले टेलिफोनमा बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 182

प्रतिक्रिया (०)

सम्बन्धित खबर