बिर्तामोड । स्वास्थ का लागि खेलकुद भन्ने नारा का साथ वीरता लेडी जेसीजको आयाजनामा साइकल दौड प्रतियोगिता सम्पन्न भएको छ ।
जेसीज सप्ताह कार्यक्रम अन्तरगत आज वीरता लेडी जेसीजले साईकल दौड प्रतियोगिता गराएको हो ।
प्रतियोगितामा १० जानाले सहभागिता जनाएका थिए । बिर्तामोड दुर्गा मन्दिरबाट सुरु भएर महानन्द चौक पुगेर मुक्तीचोकमा आएर समापन भएको थियो । करिव ५ किलो मिटर साईकल दौड प्रतियोगितामा योगीता खाती प्रथम, मुनमुन अग्रवाल द्वतिय बनेकी छिन् । प्रथमलाई चार हाजार दोस्रो हुनेले नगद दुई हजार रुपैया पुरस्कार प्राप्त गरेका थिए ।
वीरता लेडी जेसीज बर्ष २०२० की अध्यक्ष सुस्मा पौडेलको अध्यक्षतामा आयोजित कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रकाश जबेगुको प्रमुख आथित्यता रहेको थियो ।
कार्यक्रमा नेपाल जेसिज बर्ष २०२० का उपाध्यक्ष विशाल थापा, वीरता लेडी जेसीजकी संस्थापक अध्यक्ष सारदा रिजाल पुर्व अध्यक्षहरु उर्मिला बिमली, नैनाकला भट्टराई, राधा सुब्बा लगायतको आथित्यता रहेको थियो ।
रोजीना पाण्डेको संयोजकत्वमा आयोजित कार्यक्रमको सञ्चालन महासचिव संगीता गिरीले गरेकी थिईन् ।