Aamsanchar

थप एक हजार ६ सय ६९ जनामा सङ्क्रमण पुष्टि,पाँच हजार ६ सय ९९ जना डिस्चार्ज

Author Image
आइतवार, मंसिर ७, २०७७

काठमाण्डौ – नेपालमा कोरोना भाइरस(कोभिड–१९) का सङ्क्रमितको सङ्ख्या दुई लाख २० हजार तीन सय आठ पुगेको छ । आइतबार थप एक हजार ६ सय ६९ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । त्यस्तै गएको २४ घण्टामा पाँच हजार ६ सय ९९ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या एक लाख ९९ हजार २४ पुगेको छ ।

अब नेपालमा १९ हजार नौ सय ६३ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै ६ सय ८६ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ । २४ घण्टामा थप १६ जना सङ्क्रमितको ज्यान गएसँगै कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार तीन सय २१ पुगेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 155

प्रतिक्रिया (०)

सम्बन्धित खबर