Aamsanchar

१ महिनापछि भट्टराई दम्पती कोरोना मुक्त

Author Image
आइतवार, मंसिर ७, २०७७

 

काठमाडौँ । पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र उनकी श्रीमती हिसिला यमी कोरोनामुक्त भएका छन् । भट्टराईले आइतबार ट्वीटरमार्फत आफूहरुको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको जानकारी दिए । डा .भट्टराईले कोरोना भाइरसको महाव्याधिलाई एक्लाएक्लै जित्न सकिन्न नसकिने भन्दै सबैको समान प्रयास आवश्यक भएको समेत बताए ।

‘एक महिनापछि कोभिड–१९ सँग हामी दुबैले युद्धविराम गरियो र नेगेटिभ रिपोर्ट प्राप्त गरियो। यो युद्धविराम हो, विजय हैन। यो महाव्याधीलाई एक्लाएक्लै जित्न सकिन्न, मानवजातिले संयुक्त रुपमा जित्नु पर्छ। अतः सबैले नियमित सुरक्षा विधि जारी राखौँ । शुभकामना र विविध सहयोग गर्नुहुने सबैलाई मुरीमुरी धन्यवाद ।,’ भट्टराईले ट्वीटरमा लेखेका छन्। भट्टराई दम्पतीलाई कार्तिक ७ गते कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 54

प्रतिक्रिया (०)

सम्बन्धित खबर