
फोटो: जिल्ला प्रहरी कार्यालय झापा

झापा । झापाको बिर्तामोड नगरपालिका वडा नं.३ बर्ष ३० का कुमार गिरी पक्राउ परेका छन् ।

बैदेशिक रोजगारीको. नाममा ठगी गरेको आरोप संगै परेको उजुरीको आधारमा छानविन गर्ने क्रममा बैदेशिक रोजगार न्यायलय काठमाडौंले कसुर ठहराएपछि २०७२ साल जेठ २४ गते गिरी फरार बनेका थिए ।

एक बर्ष कैद र एक लाख रुपैया जरिवाना तोकिएका गिरीलाई बिशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय घैलाडुब्बाबाट खटिएको प्रहरी टोलीले मंसिर १० गते झापा अर्जुनधारा न.पा. वडा नं. ५ बयर चौकबाट पक्राउ गरेको हो ।

पक्राउ परेका गिरीलाई फैसला कार्यान्वयनको लागि झापा जिल्ला अदालत भद्रपुरमा उपस्थित गराउने तयारी भएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।
Views: 243

