Aamsanchar

सामाजिक सञ्जालमा भाइरल ७७ वर्षीय राईको षडानन्द नगरपालिकाले नि:शुल्क उपचार र  घर बनाइदिने

Author Image
बिहिवार, मंसिर ११, २०७७

संखुवासभा : केही दिनयता सामाजिक सञ्जालमा भाइरल भएका ७७ वर्षीय रामबहादुर राई भोजपुर षडानन्द नगरपालिका ३ खार्तम्छा चिचिला निवासी हुन्। ७७ वर्षीय वृद्ध राईलाई परालको ओछ्यानमा स्लाइन पानी दिइरहेको फोटो केही दिन देखि सामाजिक सञ्जालमा भाइरल भएको छ।

खार्तम्छा निवासी ७७ वर्षीय राई दशैं अगाडिदेखि बिरामी भएका हुन्। उनलाई उपचारका लागि ओछ्याउने एउटा तन्ना पनि छैन। मंसिरको जाडोमा उनी सुत्ने ठाँउमा पराल बाहेक एकटा तन्नासमेत थिएन। उनी सामान्य खालको खास्टोको भरमा रात कटाउन बाध्य थिए। उनको उपचार तन्ना बगेरनै परालमा राखेर स्लाइन पानी दिएको थियो।

उनको श्रीमतीको मृत्यु केही वर्ष पहिले भइसकेको छ। अहिले उनको एक मात्र छोरा छन्। तर, उनी पनि सुस्त मनस्थिति अवस्थाका छन्। ७७ वर्षीय राई  बस्ने सामान्य कटेरो मात्रै छ।

नगरले नि:शुल्क उपचार र  घर बनाइदिने

सामाजिक सञ्जालमा ७७ वर्षीय वृद्धको परालमा राखेर स्लाइन पानी दिइरहेको फोटो देखेपछि उनको अवस्था बुझ्न षडानन्द नगरपालिकाका मेयर वीरबल राई र मेरिना राई बुधबार खार्तम्छा पुगेका छन्। सामाजिक सञ्जालमा परालमा राखेर स्लाइन पानी दिइरहेको बनावटी नभइ वास्तविक फोटो भएको बताइन्।

वृद्धको स्वास्थ्य अवस्था बारे जानकारी लिन बुधबार साझ खार्तम्छाको चिचिला पुगेको उपमेयर मेरिका राईले जानकारी दिइन्। जाडो मौसममा वृद्ध, त्यसमा पनि विरामी भएको अवस्थामा परालमा सुतेको देखे मेयर,स्वास्थ्यकर्मीको टोली खार्तम्छा पुगेको उपमेयर राईले बताइन्। हामी तेस्तो अवस्था देखेपछि खाद्यान्य,लत्ताकपडासहित पुगेका हौं’, उनले भनिन्।

उनको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको उपमयेर राईको भनाइ छ। उनलाई स्थानीय र नगर वडाका जनप्रतिनिधिले सरसफाई गरेर राखिएको छ। वृद्ध राईलाई खार्तम्छा स्वास्थ्य चौकीको निगरानीमा छिमेकी कटेरोमा सारेर उपचार उपचार भइरहेको उपमेयर राईले बताइन्। ‘उनलाई नगरले चाडै नि:शुल्क घरको पनि व्यवस्था गरिदिनेछौं’, उपमेयर राईले भनिन्, ‘नयाँ घरमा राख्न खार्तम्छाकै स्थानियलाई घर बनाउने जिम्मा दिएका छौं।’

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 312

प्रतिक्रिया (०)

सम्बन्धित खबर