Aamsanchar

श्रीमतीलाई जबरजस्तीकरणी गर्ने एक जना पक्राउ, राती–राती यातना दिई करणी गरेको श्रीमतीको जाहेरी

Author Image
शुक्रवार, मंसिर १२, २०७७

काठमाडौँ । आफ्नै श्रीमतीलाई जबरजस्तीकरणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । श्रीमतीले कुटपिट गरी जबर्जस्ती करणी गरी यातना दिने गरेको भन्दै प्रहरीमा जाहेरी दिएकी थिइन् । श्रीमती सावित्री (नाम परिवर्तन) ले जिल्ला प्रहरी कार्यालय बर्दियामा जाहेरी दिएपछि प्रहरीले श्रीमान मोहन (नाम परिवर्तन) लाई बुधबार पक्राउ गरेको लुम्बिनी प्रदेशका प्रहरी बरिष्ठ उपरीक्षक ९एसएसपी० राजकुमार बैदवारले जानकारी दिए ।

बर्दियाको बाँसगढी नगरपालिका–९ बस्ने ४४ वर्षीय श्रीमानले ३१ वर्षीया श्रीमतीलाई जबरजस्ती करणी गरेको जाहेरी आएपछि श्रीमानलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।जाहेरीमा श्रीमतीले ‘राती–राती यातना दिई मेरो इच्छा विपरित जबरजस्ती करणी गर्ने गरेकाले श्रीमानलाई पक्राउ गरी कानुन बमोजिम कारबाही गरि पाउँ भन्ने उल्लेख गरेकी छिन् । अभियुक्त श्रीमानलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 314

प्रतिक्रिया (०)