Aamsanchar

पाथीभरा दर्शनमा पुग्दा अचेत भएर ढलेकी एक महिलाको निधन

Author Image
शनिवार, मंसिर १३, २०७७

ताप्लेजुङ — पाथीभरा दर्शनमा आएकी एक महिलाको शुक्रबार निधन भएको छ । विराटनगर महानगरपालिका ६ की सावित्री खड्का चापागाईंको मृत्यु भएको प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार मन्दिरमै अचेत भएर ढलेपछि पाथीभराका कर्मचारी, प्रहरी, स्वास्थ्यकर्मी र स्थानीयले स्टेचरमा बोकेर काफ्लेपार्टीसम्म ल्याएका थिए । त्यहाँबाट गाडीमा जिल्ला अस्पताल ल्याउँदा चिकित्सकले मृत घोषणा गरेको माथिल्लो फेदी प्राथमिक उपचार केन्द्रका स्वास्थ्यकर्मी उमनाथ पौडेलले बताए ।

३० वर्षीय सावित्रा श्रीमान् मनिश चापागाईं, ससुरा लगायतका परिवारका ५ जनासँगै दर्शनका लागि पाथीभरा आएकी थिइन् । दिउँसो १ बजेतिर मन्दिरमा पूजा गरेर बाहिर निष्कँदा होमकुण्ड छेउमा लडेपछि त्यहाँ रहेकाले स्टेचरमा सदरमुकामतिर ल्याएका थिए ।

मन्दिरबाटै अक्सिजनसहित अस्पताल ल्याए पनि बचाउन नसकिएको पौडेलले बताए । चिसोका कारण मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 245

प्रतिक्रिया (०)

सम्बन्धित खबर