इटहरी । इटहरी वडा नम्वर दुईको तामाङ्गचौकको एकै घरका चार जना छोराछोरी अपांङ्गता भएको परिवारलाई इटहरी उपमहानगरले यस बर्ष पनि एकलाख रुपियाँ प्रदान गरेको छ ।
इटहरी २ स्थित लक्ष्मण तामाडको घरमै आयोजित कार्यक्रममा उपप्रमुख लक्ष्मी गौतमले एक लाख रुपियाँको चेक हस्तान्तरण गर्नुभयो । तामाङ्ग परिवारका १५ देखि ३० बर्ष सम्मका दुई छोरा र दुईछोरी कोहि पनि आँखा देख्न सक्दैनन । कान्छोछोरो वाहेक कोहि पनि वोल्न समेत सक्दैनन ।उठेर हिडन त परै जाओस,वस्न पनि सक्दैनन ।
ओल्टाइपल्टाइ गर्नुपर्छ । अलि अलि मात्र आँखा देख्न सक्ने कान्छोछोराको अवस्था पनि विस्तारै अन्य दाजु दिदीको जस्तै वन्दै गएको छ । गत बर्ष पनि चार जना अपांङ्गताभएका छोरा छोरीको भरणपोषणका लागि प्रमुख द्धारिकलाल चौधरी र उपप्रमुख लक्ष्मी गौतमले उपमहानगरको तर्फवाट एकलाख रुपियाँको चेक घरैमा गएर प्रदान गर्नुभएको थियो । यसअघि गत बर्षनै उपप्रमुख गौतमले लक्ष्मण तामागकी जेठी छोरी अस्मिता,जेठो छोरा सरोज,कान्छी छोरी सुस्मिता र कान्छो छोरा संदीपलाई पूर्ण अपांङ्गता भएको रातोकार्ड घरमै पुगेर वितरण गर्नुभएको थियो ।
रातोकार्ड प्राप्त गरेपनि उनीहरुले मासिक प्रतिब्यक्ति तीनहजार सामाजिक सुरक्षा भत्ता प्राप्त गर्दै आएका छन ।इटहरी सरकारले घरमै आएर निरन्तर सहयोग गरेकोमा उनीहरुका वुवा लक्ष्मण तामाङ्ग खुशि ब्यक्त गर्नुहुन्छ । उहाँले घर आँगनमै सरकार आएको महशुष भएको वताउनुभयो । लक्ष्मण तामागका अनुसार जेठी छोरी अस्मिता सात बर्षसम्म सवै ठीक थिइन ।त्यसपछि विस्तारै आँखा देख्न छाडिन,एक बर्षमा पुरै आँखा नदेख्ने भयो,त्यसपछि ढल्ने वेहोस हुने समस्या भयो,केहि समय पछि केहि थाहा नपाउने भएर ओछयानको ओछयान भइन ।
अरु दुईजनालाई पनि ठयाक्कै त्यस्तै भयो । कान्छोछोराले पनि आँखा देख्न सक्दैनन हिडडुल गर्न भने सक्छन । यसैबिच लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानका क्रममा इटहरी उपमहानगरद्धारा मायाँ घर इटहरीमा रहेका ४७ जनालाई न्यायो कपडा वितरण गरिएको छ । उपप्रमुख गौतमले मायाँ घर इटहरीमा आश्रय लिएका ब्यक्तिहरुलाई न्यायो कपडा वितरण गर्नुभएको हो ।