चिसो मौसममा कारण बढी सक्रिय बन्ने एक भाईरस हो टाइफाइड । टाइफाइडको लक्षण समयमा पहिचान हुननसक्ता र उचित उपचार नपाएका कारण बर्षेनी धेरै मानिसहरुले ज्यान गुमाउनु परेको अबस्था छ ।
टाइफाइड एक संक्रामाक रोग हो, जो कलेजोको कमजोरीले निम्त्याउँछ । टाइफाइडको कारण शरीरमा ज्वरो आउँछ र शरीरको सबै हिस्सामा पीडा हुन थाल्छ । यो ज्यान लिने रोग हो, यदि समयमै उपचार गर्न सकिएन भने ।
कस्तो हुन्छ लक्षण ?
– पेट तथा टाउको दुख्नु
– अचानक ज्वरो आउनु, बान्ता हुनु
– अत्याधिक पसिना आउनु र टाउको चिसो महसुष हुनु
– कब्जियत हुनु र कमजोरी महसुष हुनु
किन हुन्छ टाइफाइड ?
१, असुरक्षित खाना र फोहोर पानीमा पाइने सालमोनेलाटाइफी ब्याक्टेरियाका कारण टाइफाइड लाग्छ ।
२, जहाँ पायो त्यहाँको पानी नउमाली पिउने, खाना जथाभावी खाने र सफापानीले नपखाली फलफूल खाँदा टाइफाइडको सम्भावना हुन्छ ।
३,आन्द्रामा ज्वरो आउने समस्याका कारण टाइफाइड हुने हुँदा यसलाई ‘आन्द्राबाट आउने ज्वरो’ पनि भनिन्छ ।
४, ज्वरो आउने, जिउ दुख्ने, पेट दुख्ने, दुई हप्ता कटेपछि कलेजो, फियो बढ्ने टाइफाइडका लक्षण हुन् ।
५, कडा खालको टाइफाइड लामो समयसम्म रहेमा आन्द्रामा प्वाल पर्ने सम्भावना हुन्छ ।
के छ घरेलु उपचार ?
सकेसम्म त रोग लाग्न नदिन सतर्कता अपनाउनु पर्छ । फाहोर एवं दुषित पानी पिउनु हुँदैन । त्यस्तो पानी प्रयोग गरेको फलफूल, सब्जी सेवन गर्नु हुँदैन । गर्मी याममा बाहिर पाइने खानेकुरा पनि सेवन गर्नु राम्रो हुदैन ।
तुलसी र मरिच प्रयोग
टाइफाइडका रोगीलाई तुलसी एकदमै फाइदाजनक हुन्छ । मरिचको पाँच दाना र चार पत्ता तुलसीलाई पिसेर पेस्ट तयार गर्ने । यस पेस्टलाई पानीसँग मिलाएर पिउनुपर्छ ।
गाजर
टाइफाइडको रोगमा गाजरको रस सेवन गर्नु लाभदायक हुन्छ । साथै काचो गाजर सेवन गर्दा पनि फाइदा हुन्छ ।
लसुन
टाइफाइडले कलेजोमा नराम्ररी संक्रमण गर्छ । यस्तो अवस्थामा लसुनको दुई, चार पोटी भुटेर खाली पेटमा खान दिनु पर्छ ।
अदुवा एवं स्याउ
स्याउ र अदुवाको जुस पनि टाइफाइड रोगीले सेवन गर्दा राम्रो हुन्छ ।
महको प्रयोग
टाइफाइटबाट बच्ने निकै राम्रो औषधी हो, मह । एक कप तातो पानीमा दुई चम्चा जति मह मिसाएर पिउनुपर्छ ।
पुदिना
पुदिनाले ज्वरो ठिक गछए । टाइफाइडको कारण कसैलाई उच्च ज्वरो आयो भने एक कप पानीमा पुदिना र अदुवाको रस मिसाएर पिउन दिनुपर्छ ।
सावधानी
१, सधै स्वच्छ पानी पिउनुपर्छ । पानीलाई राम्ररी उमालेर चिसो भएपछि पिउने ।
२,खाना खानुअघि राम्ररी हात धुने ।
३, जतिसक्दो, ताजा र पौष्टिक आहारा लिने । भुटेको, तारेको खानेकुरा नखाने । मासु नखाने ।
जाडोमा कसरी स्वस्थ रहने ?
>पर्याप्त न्यानो कपडा लगाउनुपर्छ। टोपी, मफलर, पन्जा र मोजा लगाउन बिर्सनुहुदैन । बिशेषगरी बाहिर निस्कदा सचेत रहनुपर्छ।
>बिहान पर्याप्त शारिरीक ब्यायाम गर्नुपर्छ।जाडोमा कम शारीरिक कसरत र बढी खाना खाइने हुनाले तौल बढ्ने सम्भावना हुन्छ। तौल नियन्त्रण गरी स्वस्थ रहनुपर्छ। >चिनीजन्य खाद्यपदार्थबाट जोगिनुपर्छ। पर्याप्त तातो पानी पिउन आबश्यक छ । चिसो मौसममा हामी पानी कम पिउने गर्दछौँ । जसले गर्दा अन्य स्वास्थ्य समस्या उत्पन्न हुन सक्छ। र बिहान बेलुका हिडडुल गर्दा न्यानो लुगा, टोपी लगाएर बाहिर निस्किनु उचित हुन्छ ।
>चिसोमा सारुवा रोगबाट बच्न सरसफाईमा ध्यान दिनुपर्छ। नियमित साबुन पानीले हात धुने र शरीर फुर्तिलो राख्न बेला बेलामा नुहाउनुपर्छ । चिसो पानी भन्दा मनतातो >पानीले नुहाउनु राम्रो हुन्छ । यस्तै चिसोमा ओठ फुट्ने समस्याबाट बच्न लिपगार्ड लगाउनुपर्छ ।
>जाडोमा सबैभन्दा बढी श्वासप्रश्वास सम्बन्धी समस्या देखापर्छ । यस्तो बेलामा रुघाखोकीले ज्यादा सताउने गर्छ । हाच्छिउ गर्दा नाकमुख छोपेको हात धुने, छुट्टै खालका रुमालहरू प्रयोग गर्नुपर्छ । संक्रमण भएको छ भने मास्क लगाएर हिड्न आबश्यक छ ।
>मुटुका बिरामीहरुले जाडोमा बाधा पर्ने गरी शारीरिक काम गर्नु हुदैन। बिहान बेलुका अलि बडि जाडो हुने भएकोले बिहान बेलुका घरभित्रै बस्नुपर्छ ।
>स्वस्थ खानपानमा ध्यान दिन आवश्यक छ । फलफुल तथा तरकारी, भिटामिन सि, जिन्कजस्ता तत्व भएको खानेकुरा पर्याप्त मात्रामा खाएमा रोग प्रतिरोधात्मक क्षमता बढ्छ।
>शरीर ढाक्ने तातो प्रकृतिका कपडाहरु लगाउनुपर्छ । साथै छालाको सुरक्षामा ध्यान दिन आवश्यक छ। चिसोले छालालाई सोसेरा सुख्खा बनाईदिन्छ।
>कम्तीमा ६ घण्टा सुत्नुपर्छ। नत्रभने शरीरले रोगले सजिलै आक्रमण गर्ने सम्भावना हुन्छ।
>जाडोको समयमा जाडो भुल्न धुम्रपान तथा मध्यपान गर्ने प्रचलन छ । यी पक्षले कुनैपनि हालतमा शरीरलाई फाइदा नहुने भएकाले यस्ता कुलत तत्काल छोड्नु राम्रो हुन्छ। >धुम्रपानले फोक्सो विगार्ने र मदिराले कलेजो लगायतका अंगलाई विगार्ने काम गर्ने भएकोले धूमपान तथा मध्यपानबाट टाढै रहनुपर्छ ।
>जाडोका कारण झ्याल ढोका थुन्ने अनि कोठाभित्र आगो बालेर बस्ने चलन सबैतिर छ । त्यसले कार्वनमोनोअक्साइड कोठाभरी फैंलिदा भारी भएजस्तो हुने, टाउको दुख्ने, निसास्सिएजस्तो महसुस हुने, सास फेर्न गाह्रो हुने र मानिस बेहोस भई मृत्यु हुनसक्ने जोखिम पनि हुन्छ।