Aamsanchar

नमस्ते प्लाई उद्योगमा लागेको आगो नियन्त्रण

Author Image
शुक्रवार, मंसिर १९, २०७७

चारपाने । झापाको बिर्तामोड नगपालिका–२ चैतुबारीमा नमस्ते प्लाई उद्योगमा आगलागी भएको छ ।

शुक्रबार विहान करिव ७ बजे उक्त उद्योगमा आगलागी भएको  तर विहानै आगो नियन्त्रणमा आएको वडाध्यक्ष नगेन्द्र संग्रौलाले जानकारी दिए । ।

आगलागी नियन्त्रणको लागि तिन वटा बारुणयन्त्र तथा सुरक्षाकर्मी र स्थानियबासीहरुको सहयोगमा आयो निभाउने कार्य भएको थियो ।

प्लाई फ्याक्ट्रीमा विद्युत् सर्ट भई फन्टि फेन नामक काठको कच्चा पदार्थ र सिलिङ चेम्बरमा क्षती पुगेको छ । जिल्ला प्रहरी झापाका डिएसपी राकेश थापाले जानकारी दिए ।

घट्नास्थलमा ईलाका प्रहरी कार्यालय अनारमनी, १ नं प्रदेश बिपद ब्यवस्थापन गुल्म चन्द्रगढी र सशस्त्र बेश क्याम्प शनिश्चरेबाट संयुक्त प्रहरी टोली खटिरहेको थियो ।
कती क्षती भयो भन्ने विवरण आई सकेको छैन ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 166

प्रतिक्रिया (०)