Aamsanchar

थुरमीमा ‘तान्त्रिक शक्ति छ’ भन्दै सामाजिक सञ्जालमा भिडियो बनाएर महङ्गोमा बेच्न खोज्ने दुई जना पक्राउ

Author Image
आइतवार, मंसिर २१, २०७७

काठमाडौं । त्रिकोण आकारको थुरमीमा ‘तान्त्रिक शक्ति छ’ भनेर सामाजिक सञ्जालमा भिडियो बनाएर महङ्गोमा बेच्न खोज्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको टोलीले भ्रम फैलाउने मकवानपुर घर भएका जीवन प्रजा र ओखलढुंगाका जय गिरीलाई पक्राउ गरेको हो ।

४५ वर्षीय प्रजा झाक्री काम गर्छन् । ४३ वर्षीय गिरीसँग मिलेर उनले पित्तलको थुरमीलाई चामल भएको माटाको भाँडोमा गाडेर भ्रम फैलाउने गरेका थिए । चामलमा गाडेपछि थुरमी उचाल्दा माटोको भाँडो समेत उचालेको भिडियो बनाएर उनीहरुले अलौकिक शक्ति भएको भन्दै फेसबुकमा प्रचार गरे ।सो थुरमी घरमा राख्दा राम्रो हुने भन्दै ५० हजारमा बेच्ने प्रयास गरेको महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता ९एसपी० प्रज्वल महर्जनले बताए । कुपण्डोलबाट पक्राउ गरिएका दुई आरोपीबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।    

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 237

प्रतिक्रिया (०)

सम्बन्धित खबर