चारपाने । झापाको विर्तामोड –२ मा रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले कार्य क्षेत्र बिस्तार गरेको छ ।
संस्थाको कार्यालय चारपानेमा मंगलबार आयोजित २४ औं बार्षिक साधारणसभाको प्रतिवेदन सार्वजनिक कार्यक्रममा सो कुरा जानकारी दिइएको हो । संस्थाले ताप्लेजुङ, तेह्रथुम, धनकुटा, ओखलढुंगा र खोटाङमा सेवा विस्तार गरेको संस्थाका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले जानकारी दिए । यस अघि झापा, मोरङ, सुनसरी, इलाम, पाँचथर, उदयपुरमा सेवा प्रदान गर्दै आएको थियो । योसंगै संस्थाले प्रदेश १ का ११ जिल्लाका ८० स्थानिय तहमा सेवा प्रदान गर्ने भएको हो ।
संस्थाले आर्थिक बर्ष ०७७/७८ का लागि वित्तिय तथा गैर वित्तिय १६ वटा शीर्षकमा कार्यक्रम गर्ने प्रस्ताव अघि सारेको छ । साथै सदस्यलाई प्रविधि मैत्री बनाउने उदेश्यका साथ लान ट्यावलेट बैंकिङ, एसएमएस बैंकिङ र मोवाईल एप्स संचालनमा ल्याई सकेको छ । उक्त सेवाबाट यस बर्ष १० हजार सदस्यलाई साक्षरता प्रदान गरिने भएको छ ।
कोभिड सहायता कार्यक्रम अन्तरगत शेयर सदस्य कोरोना पोजेटिभ भई होम आईसुलेशनमा बसेको अवस्थामा १४ दिन सम्म ५ सय रुपैयाका दरले भत्ता उपलब्ध गराउने, त्यसैगरी अस्पतालमा आईसियु, प्लाज्मा थेरापीको उपचार गाराएको अबस्थामा ३ लाख रुपैया प्रदान गरिने, कोरोना पोजेटिभ बढदै गए संस्थाले आफ्नै २५ बेडको आईसुलेसन सेन्टर संचालन गर्न पहल गर्ने पत्रकार भेटघाटमा जानकारी दिईयो ।
संस्थाको रजत बर्षको अवसर पारेर राष्ट्रिय व्यक्तित्व सम्मान २०७६ बाट सहकारी अभियानका केशव बडाललाई १ लाख १ हजार रुपैया सहित पुरस्कृत गरिने छ भने सहारा सहकारी पत्रकारिता पुरस्कार पत्रकार ईन्द्रजित मुखियालाई प्रदान गरिने र संस्था स्थापनामा योगदान पुर्याउने व्यक्तिहरुलाई समेत सम्मान गरिने उक्त कार्यक्रममा जानकारी दिईयो ।
एकलाख ४३ हजार ९ सय ८३ जना शेयर सदस्य रहेको संस्थाले आर्थिक बर्ष ०७६/७७ सम्ममा एक अर्ब ३४ करोड ९१ लाख रुपैयाँ शेयरपँुजी पुर्याउन सफल भएको छ । त्यसैगरी जगेडा तथा अन्य कोषमा एक अर्ब २१ करोड ५८ लाख, बचत तर्फ ६ अर्ब १० करोड ९४ लाख, भौतिक सम्पती ३४ करोड ५१ लाख र बाह्य ऋण ९८ करोड ९९ लाख रहेको पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तीमा उल्लेख छ । संस्थाले यस बर्ष २५ करोड ९ लाख खुद नाफा गरेको बताईएको छ ।
संस्थाका उपाध्यक्ष उपेन्द्रप्रसाद ओलीको अध्यक्षतामा भएको कार्यक्रममा सहसचिव ज्ञानुनाथ मैनालीले धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रमको संचालन सहायक निर्देशक दिनेशबहादुर निरौलाले गरेका थिए । कार्यक्रममा महिला उपाध्यक्ष पवित्रा सुब्बा, कोषाध्यक्ष डम्बरबहादुर देउजा, सदस्य भिमबहादुर गिरी, पदमलाल भट्टराई, शुक्रराज तामाङ, चित्रकला ओली, उरादेवी मिश्र, नेत्रबहादुर नेपाल, शंकरप्रसाद रिजाल लगायतको उपस्थिति रहेको थियो ।