Aamsanchar

नेपाल हिन्दु राष्ट्र नै होः देउवा

Author Image
शनिवार, असोज १५, २०७३

काठमाडौंः

ser-bdr-1

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संविधानमा जे लेखिए पनि नेपाल हिन्दु राष्ट्र नै भएको बताएका छन् । उनले भने, ‘संविधानमा हिन्दु राष्ट्र होस्, नहोस् तर नेपाल हिन्दु राष्ट्र नै हो । म हिन्दू नै हुँ अनि नेपाली जनता हिजो पनि हिन्दु थिए र अहिले पनि छन् यसमा दुई मत छैन ।’

‘१२ वर्षे पूर्ण महाकुम्भ मेला’ स्मारिकाको शुक्रबार ललितपुर शंखमुलस्थित जगद्गुरु आ श्रममा विमोचन गर्दै सभापति देउवाले जगद्गुरु बालसन्त मोहनशरण देवाचार्यका कारण नेपालले हिन्दू राष्ट्र भएको महसुस गर्ने बताए । उनले भने, ‘नेपालले बालसन्तजस्तो जगद्गुरु पाउनु गर्वको विषय हो । उहाँ महाकालीमा ७५ जिल्ला समेटेर ७५ फिट अग्लो नेपाल आमाको मूर्ति बनाउने अभियानमा ७५ जिल्लाकै पैदलयात्रामा हुनुहुन्छ ।

यो चानचुने कुरो र प्रयास होइन, यो मूर्तिले हिन्दू राष्ट्रको आभासमात्र गराउँदैन नेपाल राष्ट्रको गौरव नै बढाउने छ ।’ नेपालका प्रथम जगद्गुरु बालसन्तले नेपाल पैदलयात्राको क्रममा ३९ जिल्लाको भ्रमण सकेर अहिले राजधानी आएको र अबको एक वर्षमा सबै जिल्लाको भ्रमण गरिसक्ने बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 132

प्रतिक्रिया (०)

सम्बन्धित खबर