Aamsanchar

झापामा ७० वर्षीया महिलाको बलात्कारपछि हत्या गरेको आरोपमा एक जना पक्राउ

Author Image
बिहिवार, मंसिर २५, २०७७

झापा —भद्रपुर स् झापामा एक वृद्धाको बलात्कारपछि घाँटी थिचेर हत्या गरिएको छ। हत्यामा संलग्न भएको आरोपमा झापा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। पूर्व-पश्चिम राजमार्गअन्तर्गत मेचीनगर नगरपालिका-१३ चारआलीस्थित पाउँपाथिभरा मन्दिर अगाडीको कल्भर्टमुनि ती वृद्धाको शव बिहीबार बिहान फेला परेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए।

प्रहरीका अनुसार अर्जुनधारा नगरपालिका-११ निवासी ७० वर्षीया माइना हस्दाको हत्या भएको हो। उनको हत्या आरोपमा भद्रपुर नगरपालिका-४ निवासी ३५ वर्षीय विशाल बिर्जा पक्राउ परेका छन्। कल्भर्ट मुनि वृद्धाको शव फेला परेको भन्दै आरोपी बिर्जाले नै प्रहरीलाई खबर गरेका थिए।

प्रहरीले बिर्जालाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा आफैँले बुधबार राति वृद्धाको बलात्कारपछि घाँटी थिचेर हत्या गरेको बयान प्रहरीलाई दिएको डिएसपी थापाले बताए। यता, प्रहरी घटनास्थल पुगेर शवको कानुनी प्रक्रिया पूरा मेची अस्पताल पोस्टमार्टमका लागि पठाउने तयारी गरिरहेको छ, भने घटनाको विषयमा थप अनुसन्धान भइरहेको डिएसपी थापाले बताए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 69

प्रतिक्रिया (०)

सम्बन्धित खबर