Aamsanchar

सुनसरी र स्याङ्जाबाट दोहोरो नागरिकता र रहादानी लिएको कसुरमा एक महिला पक्राउ

Author Image
शुक्रवार, पौष ३, २०७७

स्याङ्जा –दोहोरो नागरिकता र रहादानी लिएको कसुरमा स्याङ्जा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ। पुतलीबजार नगरपालिका–३ घर भई हाल कास्की जिल्ला पोखरा महानगरपालिका–५ मालेपाटनमा डेरा गरी बस्ने वर्ष ३३ की मन्जु क्षत्रीले जिल्ला प्रशासन कार्यालय सुनसरी र स्याङ्जाबाट दाहोरो नागरिकता र राहदानी लिएको प्रहरीले जनाएको छ।

क्षत्रीले गत मंसिर १ गते जिल्ला प्रशासन कार्यालय स्याङ्जाबाट फरक विवरण पेस गरी नागरिकताको प्रमाण पत्र लिएकी थिइन्। उनले दोहोरो नागरिकता र राहदानी लिएको गोप्य सूचनाका आधारमा प्रहरीले श्रत्रीको घर खानतलासी गरेको थियो।

कास्कीस्थित क्षत्रीको डेराबाट जिल्ला प्रशासन कार्यालय स्याङ्जाबाट जारी नागरिकता प्रमाण पत्र र मन्जु क्षत्री नाम उल्लेख रहेको राहदानी फेला परेको थियो।त्यसैगरी जिल्ला प्रशासन कार्यालय सुनसरीबाट नाम मन्जु सेजवाल उल्लेख भएको अर्को नागरिकता र मन्जु सेजवाल नै नाम उल्लेख रहेको राहदानी फेला पारेका प्रहरी नायब उपरीषक राजेन्द्र प्रसाद अधिकारीले बताए।

फरक विवरण पेस गरी निकालिएको नागरिकता र राहदानी प्रहरीले नियन्त्रणमा लिएको छ। क्षत्रीलाई पक्राउ गरी अनुसन्धान गरिरहेको थियो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 252

प्रतिक्रिया (०)

सम्बन्धित खबर