Aamsanchar

इलामको माङ्सेबुङमा बाली विज्ञानको पढाइ सुरु

Author Image
शुक्रवार, पौष ३, २०७७

इलाम – इलामको माङ्सेबुङमा बाली विज्ञानको पढाइ सुरु भएको छ । माङ्सेबुङको सरस्वती माध्यमिक विद्यालय कक्षा ९ मा बाली विज्ञान विषयको अध्ययन सुरु भएको हो । कक्षा ९ मा यसै वर्षदेखि औपचारिक रूपमा पठनपाठन सुरु गरेको प्रधानाध्यापक हरिप्रसाद आङ्देम्बेले जानकारी दिनुभयो । उहाँका अनुसार पहिलो वर्ष नै कक्षा ९ मा ४७ जना विद्यार्थीले बाली विज्ञान अध्ययन गर्न सुरु गरेका छन् । विद्यालयले प्रवेश परीक्षा लिएर छनोट भएकालाई औपचारिक शिक्षाका लागि प्रवेश गराएको हो ।

परीक्षाबाट ४७ जना उत्तीर्ण भएसँगै अध्ययन सुरु गरिएको हो । कोरोना सङ्क्रमणका कारण लामो समय विद्यालय सञ्चालन हुन नसक्दा विशेषज्ञ छनोटमा समेत समस्या भएको थियो । पहिलो वर्ष भएका कारण कक्षा ९ बाट अध्ययन सुरु गरिएको हो ।

आउँदा दिनमा नियमितरूपमा बाली विज्ञानको कक्षा सञ्चालन हुने प्रधानाध्यापक आङ्देम्बेको भनाइ छ । पछिल्लो समय बालबालिकाको समेत व्यावसायिक र प्राविधिक विषयप्रति चासो बढ्दै गएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 243

प्रतिक्रिया (०)

सम्बन्धित खबर