Aamsanchar

परालको थुप्रोमा लुकाएको अवस्थामा ट्याक्टरको ठक्करले मृत्यु भएका बालकको शव फेला

Author Image
शुक्रवार, पौष ३, २०७७

सप्तरी । ट्याक्टरको ठक्करले मृत्यु भएका बालकको शव परालको थुप्रोमा लुकाएको अवस्थामा फेला परेको छ ।बिहीबार दिउँसोदेखि बेपत्ता भएका सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–३ सकरपुराका ६ बर्षीय बालक आनन्द मुखियाको शव परालको थुप्रोमा फेला परेको प्रहरीले जनाएको छ । बिहीबार बेलुका घरबाहिर खेल्न निस्केका स्थानीय रोहित मुखियाका छोरा आनन्द वेपत्ता भएका थिए । उनको खोजी गर्ने क्रममा शुक्रबार शव फेला पारिएको सप्तरीका प्रहरी प्रवक्ता भुवनेश्वर साहले बताए ।

‘उनलाई स १ त ७७५२ नम्बरको गाउँकै ट्याक्टरले ठक्कर दिएर मारेको रहेछ’ प्रवक्ता साहले भने, ‘बालकको मृत्यु भएपछि चालकले शव परालको थुप्रोमा गएर लुकाएका रहेछन् ।’ बालकलाई ठक्कर दिने ट्याक्टरका चालक फरार भएका छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । बालकको शवलाई पोष्टमार्टमका लागि गजेन्द्रनारायण सिंह अस्पताल ल्याइएको र घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 252

प्रतिक्रिया (०)