Aamsanchar

कठाङ्ग्रिएर चार जनाको ज्यान गयो, आगो ताप्ने क्रममा जलेर अन्य पाँच जना घाइते

Author Image
शुक्रवार, पौष ३, २०७७

सिरहा –सिरहामा चिसोका कारण कठाङ्ग्रिएर चार जनाको ज्यान गएको छ । बरियारपट्टी गाउँपालिका-५ झिझौलका २५ वर्षका रवीन्द्र यादव, मिर्चैया नगरपालिका-११ गदहवाका २५ वर्षीय अरुणकुमार यादव, कर्जन्हा नगरपालिका-३ बन्दीपुरका ७० वर्षीय बिल्टु महतो र नाम ठेगाना खुल्न नसकेका एक जनाको ज्यान गएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

गएको मङ्सिर २२ देखि मङ्सिर २८ गतेसम्मको अवधिमा चार जनाको ज्यान गएको प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँणेलले बताउनुभयो । यो अवधिमा चिसो छल्न बालिएको घुरमा आगो ताप्ने क्रममा जलेर अन्य पाँच जना घाइते भएका र विभिन्न अस्पतालमा उपचार भइरहेको उहाँले जानकारी दिनुभयो ।

यसैबीच चिसो प्रभावित सुखीपुर नगरपालिका-८ र गोलबजार नगरपालिका-१३ का १५० परिवारलाई स्वदेश लघुवित्त संस्था सुखीपुरले न्यानो कपडा वितरण गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 208

प्रतिक्रिया (०)