Aamsanchar

काँग्रेसमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरको छुट्टै भेला, चरणबद्ध आन्दोलनको विकल्प नभएको निष्कर्ष

Author Image
बिहिवार, पौष ९, २०७७

काठमाडौँ — संसद विघटनको विरोधमा तत्काल सडक आन्दोलनमा जान सभापति शेरबहादुर देउवा पक्षले आनाकानी गरेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरको भेलाको चरणबद्ध आन्दोलनको विकल्प नभएको निष्कर्ष निकालेको छ । आन्दोलन पक्षधर नेताहरूको राजधानीको अनामनगरमा सकिएको भेलाले जारी केन्द्रीय कमिटी बैठकमा आन्दोलन पक्षधरको एउटा आवाज बनाउने पनि निर्णय गरेको छ । नेता पौडेलले सभापति देउवालाई छुट्टै भेटेर भेलाका निष्कर्ष र आन्दोलनका कार्यक्रमबारे जानकारी गराउने पनि भेलाको निर्णय भएको सहभागी एक नेताले बताए ।

भेलाले पुस १३, १४ र १५ गते जिल्लाव्यापी प्रदर्शन, त्यसपछिका तीन दिन संघ र प्रदेशका सबै निर्वाचन क्षेत्रमा प्रदर्शन, तेस्रो चरणमा पालिकास्तरीय र चौथोमा वडास्तरमा विरोध कार्यक्रम गर्नुपर्ने ठहर गरेको छ । यो चरणबद्ध कार्यक्रम ल्याउनका लागि केन्द्रीय समिति र सभापति देउवालाई आग्रह गरिने छ ।

भेलामा सहभागी केन्द्रीय सदस्य प्रदीप पौडेलले संसद विघटन असंवैधानिक भएको र संवैधानिक परिषद्को सिफारिसलाई पनि अस्वीकार गर्ने भन्दै त्यसमा सिफारिस भएकाहरुलाई फिर्ता लिन आह्वान गर्ने कुरा केन्द्रीय समितमा उठाउने पनि निर्णय गरेको छ ।

भेलामा महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव तथा नेताहरु प्रकाशमान सिंह, रामशरण महत, अर्जुननरसिंह केसी, शेखर कोइराला, गगन थापालगायत २२ केन्द्रीय सदस्य सहभागी थिए । भेला सकेर नेताहरु केन्द्रीय समिति बैठकमा सहभागी हुन हिँडेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 120

प्रतिक्रिया (०)

सम्बन्धित खबर