

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनलाई आत्मघाती भनेको छ दिनपछि प्रभु साहले मन्त्रीको शपथ ग्रहण गरेका छन् । उनले सहरी विकास मन्त्रीको जिम्मेवारी पाएका छन् । उनी दुई दिनअघि पनि प्रचण्ड–नेपाल समूहको बैठकमा सहभागी भएका थिए ।
माधवकुमार नेपाललाई वरीयतामा अध्यक्ष बनाउँदा प्रचण्डको हैसियतमा राखिएको भन्दै केन्द्रीय कमिटीको बैठकमै विरोध जनाएका थिए । अध्यक्ष नेपालसँगको बिमति हुँदा उनी ओली समूहमा लागेको बताइएको छ । नेता साहले गत आइतबार राष्ट्रपतिले संसद् विघटन गरेपछि फेसबुक स्टाटस लेख्दै आत्मघाती कदम भनेका थिए ।

Views: 344


