Aamsanchar

रसियासँग कोरोना खोप मागेका १ सय ८ देशमध्ये छैटौँ प्रथामिकतामा नेपाल

Author Image
सोमवार, पौष १३, २०७७

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदेश त्रिपाठी र नेपालका लागि रसियाका राजदूत अलेक्सइ ए नोविकोव बीच शिष्टाचार भेट भएको छ ।  नवनियुक्त स्वास्थ्य मन्त्री त्रिपाठीलाई भेटेर राजदुत नोविकोवले बधाई र शुभकामना व्यक्त गरेका छन् ।

सोमबार मन्त्रालयमा भएको भेटमा नेपाल र रसिया बीचको ऐतिहासिक मित्र सम्बन्ध सँगै वर्तमान नेपालको राजनैतिक अवस्थाबारे पनि कुराकानी भएको मन्त्री त्रिपाठीको सचिवालयले जनाएको छ । राजदूत नोविकोवले नेपाललाई स्वास्थ्य सामग्री सहयोग गरि कोभिड १९ विरुद्धको लडाईंमा साथ दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

साथै रसियासँग संसारका १०८ देशले हाल खोप मागेकोमा रसियाले नेपाललाई खोप उपलब्ध गर्ने देशको छैटौँ प्रथामिकतामा राखेको जानकारी राजदूत नोविकोवले जानकारी गराएका छन् । भेटमा मन्त्री त्रिपाठीले नेपाल र रसियाको सम्बन्ध अझ प्रगाढ रहने विस्वास सहित कोभिड–१९ को लडाइँमा साथका लागि धन्यवाद प्रकट गरेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 155

प्रतिक्रिया (०)