Aamsanchar

बझाङ विमानस्थलबाट १ किलो ७ सय ५ ग्राम अवैध यार्सागुम्बासहित एक युवक पक्राउ

Author Image
सोमवार, पौष १३, २०७७

धनगढी – पुस बझाङ विमानस्थलबाट १ किलो ७ सय ५ ग्राम अवैध यार्सागुम्बासहित हुम्लाका एक युवक पक्राउ परेका छन्। सोमबार बझाङबाट नेपालगन्जको लागि उडान हुने समिट एयरको जहाजमा सवार हुने यात्रुलाई चेकजाँच गर्ने क्रममा विमानस्थल सुरक्षागार्ड देवलमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा हुम्ला नाम्खा गाउँपालिका २ का ४३ वर्षीय छिटुप तामाङ रहेका छन्। प्रहरीले उनको साथमा रहेको झोलाबाट अवैध यार्सागुम्बा बरामद गरेको हो। पक्राउ परेका तामाङलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी डिभिजन वन कार्यालयले अनुसन्धान गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कमल प्रसाद चौधरीले जानकारी दिए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 258

प्रतिक्रिया (०)

सम्बन्धित खबर