Aamsanchar

पाँचथरबाट झापाका लागि छुटेको ट्याक्सी दुर्घटना, आठ जना घाइते, एकको अवस्था गम्भीर

Author Image
मङ्गलवार, पौष १४, २०७७

पाँचथर । फिदिम नगरपालिका–३ लालीखर्कमा ट्याक्सी दुर्घटना हुँदा आठ जना घाइते भएका छन् । फालेलुङ गाउँपालिका–२ बाट झापाको बिर्तामोडतर्फ जाँदै गरेको मे १ ज २४७७ नम्बरको ट्याक्सी आज सडकबाट झरेर दुर्घटना भएको हो । दुर्घटनामा फालेलुङ–२ का सुविन अधिकारी, सुविक्षा पौडेल, सुजाता पौडेल, रवीन अधिकारी र कविता चापागाईं तथा झापाको बिर्तामोडमा रामचन्द्र उप्रेती, उर्लाबारी मोरङका सागरचन्द्र सापकोटा र टगोमादेवी सापकोटा घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको र उपचारका लागि झापाको बिर्तामोड पठाइएको छ । बाँकी सातको फिदिमस्थित अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाको कारण खुल्न नसकेको तर सडकमा शीत परेर चिप्लो हुने हुनाले सोही कारण दुर्घटना भएको अनुमान गरिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 166

प्रतिक्रिया (०)

सम्बन्धित खबर