Aamsanchar

चैतभित्र स्थानीय निकायको निर्वाचन सम्भव छैन

Author Image
सोमवार, असोज १७, २०७३

सुरुङ्गा (झापा)।

Agni-Kharel-Minister1

नेकपा (एमाले)का नेता अग्निप्रसाद खरेलले आगामी चैतभित्र कुनै पनि हालतमा स्थानीय निकायको निर्वाचन गर्न नसकिने बताउनुभएको छ ।

दमकमा नेकपा (एमाले) दमक नगरकमिटीले आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा पूर्वकानुनमन्त्री खरेलले आवश्यक विधेयक संसद्मा पेस नभएका कारण चुनाव सम्भव नभएको भनाइ राख्नुभयो । संविधान कार्यान्वयन गर्ने विषय अहिलेको मुख्य चुनौती भएको बताउँदै उहाँले संविधानअनुसार स्थानीय तहको पुनःसंरचना गर्नुपर्ने धारणा राख्नुभयो ।

संविधानले स्थानीय तहलाई पूर्ण रुपमा अधिकार प्रदान गरेको बताउँदै उहाँले भन्नुभयो, “स्थानीय पुनःसंरचना निर्धारण आयोगको प्रतिवेदनअनुसार नै स्थानीय तहको पुनःसंरचनालाई अघि बढाउनुपर्ने हुन्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 145

प्रतिक्रिया (०)

सम्बन्धित खबर