विर्तामोड । झापाको विर्तामोड स्थित वीरता जेसीजको बर्ष २०२१ को लागि राजिव धिमाल अध्यक्षमा निर्वाचित भएका छन् ।
वीरता जेसीजको ४० औं अधिवेशनबाट घिमाल सर्वसम्वत निर्वाचित भएका हुन । अध्यक्ष पदका लागि धिमाल सहित धनश्याम चौधरी, प्रविण खड्का, दिवाकरलाल चौधरी, दिवाकर प्रसाई, प्रकाश सुवेदी, जीवनकुमार खड्काको उम्मेदवारी रहेको थियो ।
अरु ६ जना उम्मेदवारले सहमती सहकार्य र एकताको संदेश प्रभाव गर्दै जेसीज सदस्यहरुलाई एक ढिक्का बनाएर अघि बढन सहजता होस् भन्दै आफ्नो उम्मेदवारी फिर्ता लिएका थिए । त्यसैगरी अन्य पदाधिकारीहरु पनि निर्वाचित भएका छन ।
निर्वाचित हुनेहरुमा कानुनी सल्लाहकारमा प्रविण खड्का, सहसचिव टिकाराम खतिवडा, उपाध्यक्षमा जनक खड्का, कृष्ण अग्रवाल, अमरद्विप साह, सुरज चौधरी रहेका छन् । जनसम्पर्क अधिकारी अनन्तलाल महतो, प्रकण निर्देशक कमल श्रेष्ठ, तालिम संयोजक प्रभात मास्के सर्वसम्वत निर्वाचित भएको निर्वाचन निर्देशक निर्वमान अध्यक्ष विशाल थापाले जानकारी दिए ।
जेसीजका विभिन्न पदका लागि पदाधिकारीहरु चयन भए कार्यकारी उपाध्यक्षमा सर्वसम्वत हुन सकेको छैन । उक्त पदका लागि २ जना चयन हुनुपर्नेमा अहिले ३ जना कुशल खतिवडा, विकास बस्नेत र अशोक चौधरीको उम्मेदवारी रहेको छ, सो पदका लागि पनि सहमतीको प्रयास भई रहेको थापाले बताए ।
महासचिव र कोषाध्यक्षको पदमा नव निर्वाचित अध्यक्षले पदाधिकारी चयन गर्न पाउने प्रावधान भएकाले पदहस्तान्तरण समारोहमा उक्त पदका लागि मनोनित नाम सार्वजनिक गरिने बताईएको छ ।