बिर्तामोड। नेपाल उद्योग वाणिज्य महासंघ १ नम्बर प्रदेशका अध्यक्षमा झापाका उद्योगी टिकाराज ढकाल चयन भएका छन् ।
सोमबार झापाको बितामोडमा जारी तेस्रो साधारणसभाले ढकाललाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो । भद्रपुरका पुराना तथा अग्रज उद्योगी ढकाल झापा उद्योग संघका अध्यक्ष छन् ।
जिल्ला नगर उपाध्यक्ष, एसोसिएट उपाध्यक्ष, कोषाध्यक्ष तथा सदस्य पदमा पनि सहमतिको प्रयास भइरहेको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 230