Aamsanchar

हुम्ला सदरमुकाम सिमकोटमा तीन इञ्च हिउँ

Author Image
मङ्गलवार, पौष २१, २०७७

हुम्लामा भारी हिमपात भएको छ। आइतबारबाट निरन्तर हिमपात हुँदा सदरमुकाम सिमकोटमा तीन इञ्च हिउँ जमेको छ। हुम्लाको उत्तरी क्षेत्रमा चार फिटसम्म हिउँ जमेको छ। सदरमुकाम सिमकोटसहित उत्तरी क्षेत्रमा भारी हिमपात हुँदा आवतजावतमा समस्या भएको छ।

हिमपातले हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाका प्राय बस्तिहरुमा ४ फिट भन्दाबढि हिउँ जमेको छ। अहिले सदरमुकाम सिमकोटमा १ फिट हिउँ जम्दा सिमकोटमा तापक्रम माइनस ८ डिग्रीमा झरेको छ। हिमपातले हुम्लाको सिमकोट लगायतका हिमाली जिल्लामा रहेका हवाई सेवा बन्द भएको छ। जिल्लाको उत्तरी नाम्खा गाउँपालिकामा हिमपातले गाईवस्तु, याक चौरीलाई समस्या भएको स्थानियले जनाएका छन्। उच्च हिमाली जिल्ला हुम्लामा हिमपात भइरहेकाले स्थानियलाई सतर्क रहन प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी गिरीले आग्रह गरेका छन्।

हिउँ रमाउँदै

जिल्लामा मङसिरको महिनामा सामान्य हिमपात भएपनि यस अघि हिमपात नहुँदा यहाँका स्थानीयले वर्षदिन पछि हिउँ देख्न पाउँदा उत्साहित भएका छन्। हिमपात हुँदा सदरमुकाम सिमकोटका विभिन्न क्षेत्रमा गएर हुम्लाका स्थानीय फोटो खिच्नुका साथै रमाउन थाले छन्।

सिमकोटमा रहेको शिवमन्दिर, सिमसार क्षेत्र,लाग्नालगायतका क्षेत्रमा हिउँमा रमाउने स्थानीयको उपस्थित बाक्लो भिडभाड देखिएको सञ्जय बोहराले बताए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 539

प्रतिक्रिया (०)

सम्बन्धित खबर