Aamsanchar

झापामा सवारी दुर्घटना, एक युवकको मृत्यु एक युवती सक्त घाईते

Author Image
मङ्गलवार, पौष २१, २०७७

शिवसताक्षी । पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षीमा मंगलबार विहान यात्रुबाहक बसको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार सुनसरी बराह क्षेत्र ७ बस्ने २९ वर्षीय ज्ञानेन्द्र तामाङको मृत्यु भएको हो ।

उनको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को १ ख ६०९८ नम्बरको बसले अर्को बसलाई उछिन्ने क्रममा विपरीत दिशाबाट आएको प्रदेश १—०२—०४३प ९२१८ नम्बरको मोटरसाइकलमा सवार तामाङलाई ठक्कर दिएको थियो । मोटरसाइकलको पछाडि सवार इटहरी १ की सलिना राई गम्भीर घाइते भएकी छन् । उनको विएण्सी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 265

प्रतिक्रिया (०)

सम्बन्धित खबर