Aamsanchar

पूर्वराजा ज्ञानेन्द्रद्वारा सिंहदेवीका विद्यार्थीहरुलाई राहत वितरण

Author Image
शनिवार, पौष २५, २०७७

झापा – एक महिनादेखि झापामा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले भद्रपुर २ स्थित सिंहदेवी आधारभूत विद्यालयका विद्यार्थीहरुलाई राहत वितरण गरेका छन् । पूर्व राजा ज्ञानेन्द्र उनका बुहारी हिमानी र नाति हृदयचन्द्रलाई लिएर साबिक पृथ्वी नगर गाविस हाल भद्रपुर नगरपालिका २ स्थित गौरीशङ्कर गाउँमा शनिवार दिउँसो पुगेपछि उनीहरूलाई त्यहाँ भव्य स्वागत गरेका हुन ।

पूर्व युवराज्ञी हिमानी शाहको नाममा स्थापित हिमानी कोषबाट त्यहाँका विद्यार्थी र ज्येष्ठ नागरिकलाई राहत सामग्री वितरण गर्न उनीहरू पुगेका हुन । हिमानी कोषबाट सिंहदेवी आधाभुत विद्यालयका ६५ जना विद्यार्थीलाई विद्यालय पोसाक ज्याकेट र पोसिलो खानेकुरा र ३० जना विपन्न तथा अपाङ्गता भएका ज्येष्ठ नागरिकलाई जाडोको सिलिपङ बेड वितरण गरेका थिए ।  उनीहरूलाई पूर्व युवराज्ञी हिमानी र उनका छोरा हृदयेन्द्रले वितरण गरेका हुन ।

 

महिला आदर्श सेवा समितिका अध्यक्ष राधा कार्की र झापा उद्योग वाणिज्य संघका अध्यक्ष नवराज पनेरुले सो कार्यक्रमको सहजीकरण गरिदिएका थिए । पूर्व राजा स्वर्गीय महेन्द्र शाहले बस्ती बसाएको ठाउँमा पहिलो पटक पूर्व राजा ज्ञानेन्द्र शाह परिवारसहित पुगेपछि उनलाई स्थानीयवासीले भव्य स्वागत गरेका छन् । पूर्व राजा ज्ञानेन्द्रका पिता महेन्द्रले भारत लगायत अन्य देशमा रोजगारीमा गएका नेपाली नागरिकलाई स्वदेश फर्काउने अभियान अन्तरगत २०२४ सालमा गाउँ फर्क अभियान सुरु गरेका थिए । पूर्व राजा महेन्द्रले पुर्नवास कम्पनीमार्फत साबिक पृथ्वी नगर गाविसमा वनजंगल फडानी गरी त्यहाँ बस्ती बसाए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 192

प्रतिक्रिया (०)

सम्बन्धित खबर