Aamsanchar

प्रधानमन्त्री ओलीले आज राष्ट्रिय सभा बैठकमा सम्बोधन गर्ने

Author Image
आइतवार, पौष २६, २०७७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रिय सभा बैठकमा सम्बोधन गर्ने भएका छन् । राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालले प्रधानमन्त्रीले सभामा सम्बोधन गर्ने तय भएको पुष्टि गरेका छन् । उनले दिउँसो १ बजे सम्बोधन गर्ने छन् । आजको राष्ट्रिय सभा बैठकको सम्भावित कार्यसूचीमा प्रधानमन्त्रीले सम्बोधन गर्ने उल्लेख गरिएको छैन । तर, प्रधानमन्त्री ओलीले आफैं राष्ट्रिय सभामा आउँछु भनेपछि सम्बोधनका लागि समय तय गरिएको स्रोतले बताएको छ ।

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेपछि राष्ट्रिय सभामा पनि असंवैधानिक कदम भन्दै विरोध भैरहेको छ । यसैबीचमा उनले आज राष्ट्रिय सभालाई सम्बोधन गर्न लागेका हुन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 141

प्रतिक्रिया (०)

सम्बन्धित खबर