Aamsanchar

पृथ्वी जयन्तीको अवसरमा झापाका २ स्थानीय तहमा सार्वजनिक बिदा

Author Image
आइतवार, पौष २६, २०७७

झापा – पृथ्वी जयन्तीको अवसरमा झापाका दुई वटा स्थानीय तहले (भोलि) सोमबार सार्वजनिक बिदा दिएका छन् । राष्ट्रिय एकता तथा पृथ्वी जयन्तीको अवसरमा जिल्लाको कचनकवल गाउँपालिका र हल्दिबारी गाउँपालिकाले स्थानीय तहमा सार्वजनिक बिदा दिएको हो ।

कचनकवल गाउँपालिकामा पुस १७ गते बसेको बैठकले नेपाल एकीकरणका राष्ट्रिय प्रणेता पृथ्वीनारायण शाहको योगदानको उच्च सम्मान गर्दै विगतमा मनाउँदै आएको राष्ट्रिय एकता दिवसलाई भव्य रुपमा मनाउन गाउँपालिका भरी सार्वजनिक बिदा दिने निर्णय गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुमार बस्नेतले जानकारी दिए ।

त्यस्तै हल्दिबारी गाउँपालिकामा पुस २३ गते बसेको कार्यपालिकाको बैठकले राष्ट्रिय एकता दिवस भव्य रुपमा मनाउने गाउँपालिकाभरि बिदा दिने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष रवीन्द्र लिङदेनले जानकारी दिए । विगतका वर्षहरूमा पनि यी दुई गाउँपालिकाले यस दिवसका दिन सार्वजनिक बिदा दिँदै आइरहेका छन् ।   

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 222

प्रतिक्रिया (०)

सम्बन्धित खबर