Aamsanchar

पृथ्वी जयन्तीको अवसरमा राप्रपाले निकालेको र्‍यालीमा प्रहरीसँग धकेलाधकेल

Author Image
सोमवार, पौष २७, २०७७

काठमाडौं । पृथ्वीनारायण शाहको २९९ औं जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा राप्रपाले निकालेको र्‍यालीका क्रममा भद्रकालीमा प्रहरीसँग धकेलाधकेल भएको छ । बाजागाजासहित र्‍यालीमा सहभागीहरु मुल सडकमा हिँडेपछि प्रहरीले पैदलयात्रीको बाटोतर्फ जान आग्रह गरेको थियो । प्रहरीले राप्रपा अध्यक्ष पशुपतिशम्शेर जबरालगायतलाई धरपकड गरेपछि केही समय धकेलाधकेल भएको हो ।

केही समय धकेलाधकेल भएपछि र्‍यालीमा सहभागीले प्रहरीविरुद्ध नारा लगाउँदै सिंहदरबारको पश्चिम गेटको पृथ्वीनारायण शाहको शालिकतिर अगाडि बढ्न खोजेका छन् । तर प्रहरीले रोक्न खोजेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 259

प्रतिक्रिया (०)

सम्बन्धित खबर